आइतबार, जेठ ६, २०८१

‘म आफू कतारी, अरब, अफ्रिकी, तथा आप्रवासी कामदार भएको महसुस गरिरहेकोछु’

नेपालखोज २०७९ मंसिर ३ गते १८:१८

काठमाडाैं । विश्वकप सुरु हुनु एक दिन अघि, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतारका सम्बन्धमा गरिएका कतिपय रिपोर्टिङ पश्चिमको ‘पाखण्ड’ भएको आरोप लगाएका छन् । आज शनिबार दोहामा आयोजित पत्रकार सम्मेलनमा इन्फान्टिनोले करिब एकघण्टा बोल्दै प्रतियोगिता र कतारको प्रतिरक्षा गरेका थिए ।

कतारको विश्वकपलाई लिएर केही विकसित देशले आप्रवासी कामदारको मृत्यु तथा तेस्रो लिंगि समुदाय प्रति हुने व्यवहारका सन्दर्भमा विभिन्न आरोप लगाउँदै आएको छ । त्यसको छायाँमा विश्वकपलाई नै ओझेलमा पारिएको छ ।

इन्फान्टिनोले भने, ‘आज म आफू कतारी, अरब, अफ्रिकी, समलिङ्गी, अपाङ तथा आप्रवासी कामदार भएको महसुस गरिरहेकोछु । इन्फेन्टिनले भने, ‘म युरोपेली हुँ । हामीले तीन हजार वर्षसम्म गरेको कामका लागि संसारलाई नैतिक शिक्षा दिनु अघि अर्को तीन हजार वर्षका लागि माफी माग्नुपर्छ । यदि युरोप ती व्यक्तिहरूको भाग्यका बारेमा चिन्तित छ भने, यसले कतारमा जस्तै कानुनी च्यानल सिर्जना गर्नुपर्छ जहाँ ति मजदुरहरू युरोपमा काम गर्न जान सक्छन्, तिनीहरूलाई केही भविष्य र केही आशा दिनुहोस् ।’

प्रतिक्रिया