सोमबार, वैशाख १७, २०८१

बालबालिकामा कुपोषणको रोकथाम

नेपालखोज २०८० साउन ६ गते ८:००

काठमाडाैं । हामीलाई बाँच्नको लागि खानाको आवश्यकता पर्दछ, खानामा पाईने तत्त्वहरूलाई पोषक तत्त्व भनिन्छ । खानाले शरीरका आन्तरिक तथा बाहिरी अङ्गहरूलाई दैनिक कार्य गर्न, मर्मत र वृद्धि विकास गर्न सहयोग गर्छ । बालबालिकाको विकासात्मक चरण अनुरुप आवश्यक पोषक तत्त्वहरूको कमी, बढी वा असन्तुलनको अवस्थालाई कुपोषण भनिन्छ ।

कुपोषणलाई मुख्यतः तीन प्रकारमामा बाँडिएको छ :

१. न्यून पोषण

पोषणले बालबालिकालाई उफ्रिन, दौडन, हिँडडुल गर्न र सधैँँ सक्रिय रहन सहयोग गर्दछ । पोषक तत्त्वहरूको कमी हुनासाथ बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्याहरू हुन्छन् । यसलाई पनि निम्न भागमा विभाजन गरिएको छ ।

शीघ्र कुपोषण (wasting)

यो एक छोटो अवधि भित्र देखिने अवस्था हो, जुुन खानाको आवश्यकतामा अचानक असन्तुलन आउनाले हुन्छ । जस्तैः वर्षात्को मौसम, भोकमरी लाग्ने मौसम, रोग, प्राकृतिक प्रकोप आदि । यस खालको कुपोषणमा अचानक बालबालिकाको तौल घट्दछ । जसमा बालबालिकाको उचाइअनुसारको तौल कम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले दिएको बाल वृद्धिको मापदण्ड अनुरुप उचाइअनुसार तौलको तालिकासँग दाँजेका आधारमा हुनु वा तौल रेखा ओहलो लाग्दै जानु हो ।

शीघ्र कुपोषणका लक्षणहरूस् बालबालिकामा फुर्तिलोपनमा कमी हुनेस सामान्य प्रतिक्रियाहरू नदेखाउनेस सामान्य भन्दा दुब्लो देखिनेस बालबालिका कमजोर देखिनेस थाक्ने, झोक्राउने, बिरामी भइरहने, पखाला लागिरहनेस छाला,कपाल फुस्रो, कत्ला पर्ने, फुटेको र चमकविहीन हुनेस अनुहार ख्याउटे चाउरिएको, हात खुट्टा सिकुटे देखिने ९सुकेनास०स अनुहार फुलेको गोलाकार, हातको कुइनामुनी र खुटटाको घुँडामुनि सुन्निनेस गिजा रातो भइ सुन्निने र खाँदा, छुँदा रगत आउने

शीघ्र कुपोषणलाई पनि थप दुई भागमा वर्गीकरण गरीएको छ : 

क. मध्यम शीघ्र कुपोषण(Moderate Acute Malnutrition – MAM):  यस्ता बालबालिकामा रोइरहने, खाना खान मन नगर्ने, खाना पचाउन नसक्ने जस्ता समस्याहरू देखापर्छ । मासिक तौल मापन गर्दा आवश्यक भन्दा कम हुने हुन्छ । यी बालबालिकालाई खानाबाट पोषणको मात्रा मिलाई उपचार गर्न सकिन्छ । तर गाउँघरमा विशेषतः रुन्चे लागेको भनेर स्थानीय उपचारहरू गर्ने चलन पनि छ । त्यसले गर्दा शिशु झन खतरापूर्ण अवस्थामा पुग्दछ ।

ख. कडा शीघ्र कुपोषण (Severe Acute Malnutrition – SAM):  कडा शीघ्र कुपोषण अत्यन्त खतरनाक हुन्छ । यसले बालबालिकाको मृत्यु हुने जोखिम बढी हुन्छ । यस्तो कुपोषण खानाबाट मात्र समाधान गर्न सकिँदैन । मेडिकल सहयोगको आवश्यकता हुन्छ । अति शीघ्र कुपोषण भएका बालबालिकाको मृत्यु हुने जोखिम अन्यको दाँजोमा बढी हुन्छ ।

मरासमस : यस्ता बालबालिका सधैँ रोइरहने चिड्चिडे हुने, अनुहार चाउरी परेर बुढाबुढीको जस्तो हुने, शरीरमा मासुको मात्रा नभर्ई हाड र छालामात्र देखिने र छाला हड्डीमा टाँसिने हुन्छ । कपालको रङ कैलो तथा अलिकति तान्दा पनि झर्ने, झाडापखाला तथा अन्य समस्याहरू देखिने हुन्छ । यसलाई बोलिचालीको भाषमा सुकेनास पनि भनिन्छ ।

क्वासिर्वकर : यो पनि कडा खालको शीघ्र कुपोषणका अवस्था हो । यसमा बालबालिकाको शरीर सुन्निने, पानी भरिएको जस्तो अनुहार र हातगोडाहरू देखिन्छ । साथै यस्ता बालबालिका रोइरहने र धेरै कम तौल भएको अवस्था हो ।

मरास्मस क्वासिर्वकर : यसमा दुबै खालको शीघ्र कुपोषणका लक्षणहरू देखिन्छ । यसमा पनि बालबालिका चिड्चिडे, रोइरहने, खाना नपच्ने आदि लक्षणहरू देखिन्छ ।

दीर्घ कुपोषण

दीर्घ कुपोषणमा लामो समयसम्म कम तौल तथा मध्यम शीघ्र कुपोषणको अवस्था रही बालबालिकाको तोकिएअनुसारको उचाइमा वृद्धि हुँदैन । दीर्घ कुपोषणलाई होचोपना ९कतगलतष्लन० पनि भन्ने गरिन्छ । वृद्धिमा अवरोध भएको प्रभावले बालबालिकाको शारीरिक तथा मानसिक वृद्धि र विकासमा नकारात्मक प्रभावपर्दछ । महिनौ वा वर्षौसम्म वृद्धि प्रक्रियामा अवरोध आउनाले बुद्धि विकासमा पनि अवरोध आउँछ ।

२ सूक्ष्म पोषक तत्त्वको कमी

सूक्ष्म पोषक तत्त्व भन्नाले खानामा पाईने भिटामिन तथा खनिज तत्त्वहरू हन् । यसले शरीरको आन्तरिक स्वचालित अङ्गहरूको कार्यलाई सन्तुलित गर्ने, रगत बनाउने र कार्य गर्ने, हर्मोनको मात्राहरू सन्तुलन गर्ने, रोगसँग लड्ने क्षमताहरू वृद्धि गर्ने कार्य गर्दछ । सामान्यतया नेपालमा अभाव देखिने सूक्ष्म पोषक त¬वहरूमा भिटामिन ए, आयोडिन, जिङक र आईरन पर्दछन् । सूक्ष्म पोषक त¬वको अभावबाट रतन्धो, रक्तअल्पता, गलगाँड तथा अन्य सङ्क्रमणहरू हुन्छ ।

३ मोटोपन

बालबालिकामा उचाइअनुसार हुनुपर्ने तौलभन्दा उच्च रहेको अवस्थालाई मोटोपना भन्ने बुझिन्छ । मोटोपना बालबालिकालाई तयारी खानामा जोड दिने, शारीरिक सञ्चालनमा कमी र वंशाणुगत कारणले हुन्छ । यस्तो खालको कुपोषणले बालबालिकालाई मधुमेह, मुटरोग तथा क्यान्सर आदि हुने सम्भावना हुन्छ ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया