प्रतिनिधि र प्रदेशसभाको निर्वाचन : बिहान ७ बजेदेखि मतदान हुँदै

काठमाडाैं । आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।
प्रत्यक्ष मतदानबाट १६५ प्रतिनिधिसभा सदस्य र ३३० जना प्रदेशसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी भने समानूपातिक पद्धती अन्तर्गत दलले प्राप्त गरेको मतका आधारमा निर्वाचित हुनेछन् । प्रतिनिधिसभामा २७५ र प्रदेशसभामा ५५० सदस्य हुन्छन् ।
प्रदेशसभातर्फ प्रत्यक्षतर्फ तीन हजार २२४ जना उम्द्वार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ७०८ जना उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ । प्रदेशसभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

प्रतिक्रिया