आइतबार, जेठ ६, २०८१

कतार विश्वकपकाे विवाद ?

नेपालखोज २०७९ मंसिर ४ गते १०:१५

काठमाडाैं । कतार विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा विवादास्पद विश्वकप पनि भनिएको छ । कतारले यो विश्वकप कसरी आयोजना गर्न पायो, रंगशाला निर्माणमा खटिएका कामदारहरू प्रति क

स्तो व्यवहार गरियो र के कतार विश्वकप प्रतियोगिता आयोजनका लागि उपयुक्त ठाउँ हो ? जस्ता प्रश्न बारम्बार उठिरहेका छन् ।

आयोजनामा ​​संलग्न ३० हजार आप्रवासी कामदारको रेखदेख तथा उपचारको व्यवस्थालाई लिएर पनि प्रसस्त आलोचना भएको छ । फेब्रुअरी २०२१ मा, गार्डियन अखबारले विश्वकपको तयारिका क्रममा कतारमा भारत, पाकिस्तान, नेपाल, बंगलादेश तथा श्रीलंकाका ६,५०० आप्रवासी कामदारको मृत्यु भएको बताएको थियो ।

श्रम अधिकार समूह फेयरस्क्वायरले मृतकमध्ये धेरै जसो विश्वकपका पूर्वाधार परियोजनाहरूमा काम गर्नेहरु भएको बताएको छ। कतार सरकारले यसमा धेरै वर्ष देखि कतारमा काम गरेर ज्यान गुमाएकाहरू पनि समावेश भएकाले यो तथ्याङ्क गलत भएको बताएको छ ।

सरकारका अनुसार ती मृतक मध्ये धेरैले भवन निर्माण क्षेत्रमा काम गरेका थिएनन् । कतारले सन् २०१४ देखि २०२० सम्म विश्वकप रंगशाला निर्माणका क्रममा ३७ जनाको ज्यान गएको जनाएको छ । तीमध्ये ३४ जनाको मृत्यु कामका क्रममा भएको हो ।

प्रतिक्रिया