कसले कतिपटक खेले विश्वकपको फाइनल

काठमाडौं । फिफा विश्वकप – २०२२ को फाइनल आज डिसेम्बर १८ मा अर्जेन्टिना र फ्रान्सबीच हुँदैछ। फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुगेको छ जबकि समग्रमा यो उनको चौथो विश्वकप फाइनल हो। अर्कातर्फ, अर्जेन्टिनाले छैटौं पटक फिफा विश्वकपको फाइनल खेल्दैछ ।
फिफा विश्वकपको फाइनलको कुरा गर्दा जर्मनीले सबैभन्दा बढी ८ पटक फाइनल खेलेको छ । यद्यपि जर्मनी ४ पटक मात्र च्याम्पियन बन्न सक्यो भने ४ पटक उपविजेता मै चित्त बुझायो । जर्मनीले सन् १९५४, १९७४, १९९० तथा २०१४ को फिफा विश्वकप जितेको छ ।
ब्राजिलले ७ पटक विश्वकपको फाइनल खेलेको छ । फिफा विश्वकपको फाइनलको कुरा गर्ने हो भने जर्मनीपछि ७ पटक विश्वकपको फाइनल खेलेको ब्राजिल एकमात्र मुलुक हो । यद्यपि ब्राजिलले जर्मनीभन्दा बढी अर्थात ५ पटक विश्वकपको उपाधि जितेको छ । ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ तथा २००२ मा विश्व च्याम्पियन भएको थियो ।
इटालीले ६ पटक विश्वकप जितेको छ । इटाली जर्मनी र ब्राजिलपछि सबैभन्दा बढी अर्थात् ६ पटक फिफा विश्व फाइनल खेल्ने देस हो । इटालीले ६ पटक मध्ये ४ पटक विश्व च्याम्पियन बन्ने सपना पूरा गरेको छ भने २ पटक हार बेहोरेको छ । इटालिले सन् १९३४, १९३८, १९८२ तथा २००६ मा विश्वकप जितेको थियो ।
यसपटक अर्जेन्टिना फिफा विश्वकप – २०२२ को फाइनलमा पुगेको छ । यसअघि अर्जेन्टिनाले ५ पटक फाइनल खेलिसकेको छ भने सन् १९७८ तथा १९८६ मा विश्वकपको उपाधि चुमेको छ । यदि फ्रान्सको कुरा गर्ने हो भने विश्वकपमा यो उसको चौथो फाइनल हुनेछ । फ्रान्सले यसअघि खेलेका ३ वटा फाइनल मध्ये २ वटामा उपाधि जितेको छ । फ्रान्स अहिलेको डिफेन्डिङ च्याम्पियन पनि हो । फ्रान्सले २०१८ तथा त्यसअघि १९९८ को विश्वकप जितेको थियो।
प्रतिक्रिया