एमालेका : महासचिव पोखरेलद्वारा मतदान
नेपालखोज
२०७९ मंसिर ४ गते ११:३४

दाङ । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भएको बताएका छन् ।
आज तुलसीपुर १८ विजौरीस्थित जनता संस्कृत माविमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘मुलुकमा राजनीतिक ध्रुविकरण अपरिहार्य भइसकेको छ, किनकी राजनीतिक परिवर्तनका लागि दलहरु बीच सहकार्य जरुरी हुन्थ्यो ।’
विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने र आफूहरु बलियो राष्ट्रियशक्ति निर्माणको अभियानमा रहेको उनको भनाइ छ । उनले निर्वाचनले मुलुकलाई नयाँ दिशातर्फ डोर्याउनेमा आफू विश्वस्त रहेको बताए ।
सम्बन्धित

प्रतिक्रिया