आइतबार, जेठ ६, २०८१

फिफा विश्वकपको ए टू जेड

नेपालखोज २०७९ मंसिर ४ गते ११:३८

काठमाडौं । फिफा विश्वकप सुरु हुन अब केही घन्टा मात्र बाँकी छ । यो फुटबल महाकुम्भमा ८ वटा समूहका शीर्ष दुई देस नकआउट चरणमा पुग्नेछन् । त्यसपछि ८ क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछन् । नोमेम्बर २० मा सुरु हुने फिफा विश्वकपको फाइनल प्रतिस्पर्धा १८ डिसेम्बरमा हुनेछ अर्थात् अबको १ महिना पुरै विश्व फुटबलको रंगमा रंगिनेछ ।

विश्वकपमा ब्राजिल ५ पटक विश्व च्याम्पियन भैसकेको छ र यो धेरैको फेभरेट टिम हो । योसँगै फ्रान्स यस पटक पनि उपाधिको दावेदार हो । अर्कातर्फ, अफ्रिकी च्याम्पियन सेनेगलले विश्वलाई चकित पार्न सक्छ। क्यानाडा, मोरक्को, क्रोएसिया र बेल्जियम सरप्राइज प्याकेजजस्तै भएकाले कतारमा हुने यो प्रतियोगिता साँच्चिकै उत्कृष्ट हुनेछ।

कस्तो हुनेछ विश्वकपको ढाँचा ? फिफा विश्वकप – २०२२ मा कुल ३२ देस सहभागी छन्। सबै टिमलाई ए देखि एच सम्म ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ४–४ देस छन् । समूह चरणपछि प्रत्येक समूहका शीर्ष २ देश अघि बढ्नेछन भने समूहका खेलपछि १६ वटा देसको कतार विश्वकप यात्रा टुंगिनेछ । प्रत्येक समूहबाट २ देस अर्थात ८ समूहबाट १६ वटा देस नकआउट चरणमा पुग्नेछन् र क्वाटरफाइनल खेल्नेछन् । यहाँबाट ८ वटा देस अघि बढ्नेछन् भने ८ देस आउट हुनेछन् । त्यसैगरी ४ वटा देस सेमिफाइनल र २ वटा देस फाइनलमा पुग्नेछन् । नकआउट म्याचमा जसले हार्छ, उसको यात्रा त्यहीँ टुङ्गिन्छ ।
खेलको विवरण :
समूह चरणका खेल नोमेम्बर २० देखि डिसेम्बर ०२ सम्म हुनेछन् । राउन्ड अफ – १६ का खेल डिसेम्बर ३ देखि ६ सम्म आयोजित हुनेछन ।
• क्वाटरफाइनलका खेल ९ र १० डिसेम्बरमा हुनेछन् ।
• सेमिफाइनलका खेल १३ तथा १४ डिसेम्बरमा हुनेछन् ।
• तेस्रो स्थानका लागि डिसेम्बर १७ मा प्रतिस्पर्धा हुनेछ ।
• फिफा विश्वकप- २०२२ को फाइनल डिसेम्बर १८ मा खेलिनेछ ।

खेलको समय ?
• नेपाली समय अनुसार दिउँसो ३.४५ बजे समूह चरणका खेलहरू
• समूह चरणको दोस्रो खेल नेपाली समय अनुसार साँझ ६.४५ बजे
• नेपाली समय अनुसार राति ८.४५ बजे नकआउट खेल
• नेपाली समय अनुसार राति ९.४५ बजे समूह चरणको विरुद्धमा
• आइएसटि ( IST ) दिउँसो १२.३० बजे समूह र नकआउट ।

प्रतिक्रिया