मन्त्री गहतराजले गरे पिपिरी मतदान केन्द्रबाट पहिलो मतदान

नेपालखोज २०७९ मंसिर ४ गते १२:३३

कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन् ।

मतदान पछि प्रतिक्रिया दिदैं मन्त्री अथकले संविधानको रक्षा र स्थायीत्वका लागि मतदान गरेको बताए । माओवादी केन्द्रका स्थायी समिती सदस्य समेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।

बाम–लोकतान्त्रीक गठबन्धनबाट बाँके क्षेत्र नं. १ प्रतिनिधि सभाका साझा उम्मेदवार समेत रहेका मन्त्री अथकले आगामी पाँच वर्षसम्म संसद भङ्ग नहुने विश्वास ब्यक्त गरे । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

प्रतिक्रिया