शुक्रबार, चैत ७, २०८१

सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्वाचन आयोगकाे निर्देशन

नेपालखोज २०७९ मंसिर ४ गते १३:५८

काठमाडौं । निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ । सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो ।

Advertisement

आज बिहानदेखि भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका क्रममा कतिपय जिल्लाका मतदानस्थलमा चुनाव स्थगित भएका छन् । आयोगले बेलुका ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न र स्थगित गर्नै पर्ने अवस्थामा आयोगसँग पूर्वसहमति लिनुपर्ने फेसबुकमार्फत् जनाएको छ ।

आयोगले लेखेको छ मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सञ्चालन गर्ने र बेलुका ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ ।

प्रतिक्रिया