मंगलबार, असोज १, २०८१

‘स्थानीय सरकारले ध्यान नदिँदा काठमाडौंको मौलिक सभ्यता लोप हुँदै गयो’

नेपालखोज २०७९ वैशाख २५ गते १७:२२

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार सिर्जना सिंहले स्थानीय सरकारले ध्यान पुर्‍याउन नसक्दा काठमाडौंको मौलिक सभ्यताहरु लोप हुने अवस्थामा पुगेको बताएकी छन् ।

आज काठमाडौंमा आयोजित बुद्धिजिवी भेला तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले काठमाडौं उपत्यकामा भएका मौलिक सभ्यता र परम्पराको संरक्षण गर्न स्थानीय सरकारले ध्यान नदिएको बताइन् । उनले स्थानीय सरकारले राजनीति मात्र गरेका कारण मौलिक सभ्यता र सम्पदाहरु लोप हुने अवस्थामा पुगेको बताइन् । आफू काठमाडौंको मेयरमा निर्वाचित भएमा सम्पदाको संरक्षण र सम्वर्द्धनमा विशेष ध्यान पुर्‍याउने उनको भनाई छ ।

त्यसैगरी कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहसँग अर्का उम्मेदवार केशव स्थापितको तुलना गर्न नमिल्ने बताएका छन् ।

सिंहलाई विगतमा सरकारले नजरबन्दमा राखेको उल्लेख गर्दै उनले स्थापितलाई भने राजाले राज्यकोषको प्रयोग गर्न पाउनेगरी मेयर पदमा नियुक्त गरेको बताए । पार्टीको स्वार्थका लागि नै स्थापितलाई राजासँग गहिरो सम्बन्ध बनाउनका लागि उनको तत्कालिन पार्टीले सो पदमा पठाएको शाहले दाबी गरे ।

प्रतिक्रिया