सरकार कसको नेतृत्वमा भन्ने कुरा मतगणना पछि थाहा हुन्छ : अध्यक्ष यादव
नेपालखोज
२०७९ मंसिर ४ गते १४:५६

मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका छन् । उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे । दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो ।
विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको राजनीतिक उतारचढावबाट नै लोकतन्त्र परिपक्व र संस्थागत हुने बताए । अध्यक्ष यादवले नेपालीको भविष्य राम्रो रहेकामा आफू आशावादी रहेको पनि स्पष्ट गरे ।
सम्बन्धित

प्रतिक्रिया