आइतबार, जेठ ५, २०८२

सोमाली सेनाद्वारा आक्रमणलाई असफल

नेपालखोज २०७९ मंसिर ४ गते १५:५१

मोगादिसु । सोमाली राष्ट्रिय सेना (एसएनए) ले शनिबार बिहान राजधानी मोगादिसुमा भएको आक्रमणलाई असफल बनाएको छ ।

राजधानीको दलजिर्का दाहसुन क्षेत्रनजिकै एक नागरिकको स्वामित्वमा रहेको गाडीमा जोडिएका दुईवटा विस्फोट पर्दाथलाई सेनाले नियन्त्रणमा लिएका सोमाली प्रहरीबलका प्रवक्ता सादिक दुदिशेले जानकारी दिए ।

विष्फोटक पदार्थलाई सुरक्षित रुपमा निष्क्रिय पारेर आक्रमणलाई असफल पारेको दुदिसेले बताएका छन् । यस अवस्थामा कोही घाइते नभएका पनि उहाँले मोगादिसुमा जारी विज्ञप्तिमा जानकारी दिएका छन् । सुरक्षाबलहरुले हताहत हुनबाट बच्नका लागि व्यापार गतिविधि र सार्वजनिक सडक बन्द गरेका जनाइएको छ ।

प्रतिक्रिया