सोमबार, वैशाख २४, २०८१

विश्वकप फुटबल-२०२२ : के हाे अफसाईड सम्बन्धि नयाँ नियम ?

नेपालखोज २०७९ मंसिर ५ गते ७:३३

काठमाडाैं । फिफा विश्वकप -२०२२ को उदघाटन खेलमा खेल सुरु भएको ३ मिनेट मै इक्वेडोरले कतारविरुद्ध गोल गर्यो अनि खेलाडीहरुका साथै तमाम इक्वेडोर समर्थकले खुसि मनाए । यद्यपि त्यो खुसि लामो समय टिकेन । स्कोर बोर्डमा इक्वेडोरको खातामा १ गोल लेखिएको २ मिनेट नबित्दै त्यो गोलले मान्यता पाएन र कतारको पक्षमा अफसाईडको निर्णय भयो ।

यसले धेरैलाई अचम्मित तुल्याउनु स्वभाविक थियो भने कतिपय अन्योलम परे किन गोल रद्ध भयो भनेर । खास कुरा फिफा विश्वकप – २०२२ मा अफसाइड टेक्नोलोजी तथा खेलाडी प्रतिस्थापनको नयाँ नियम लागू गरिएको छ ।

के हो अफसाईड सम्बन्धि नयाँ नियम ?

फिफाको प्रशासकीय निकायले यहि वर्षको जुलाईमा अर्ध-स्वचालित अफसाईड प्रणालीको घोषणा गरेको थियो । यसको सहयोगमा यो विश्वकपमा पहिलो पटक एक्युरेट र छिटो अफसाइड कल लिन सकिन्छ । फिफाको सञ्चालक निकायको नयाँ नियमअनुसार कुनै खेलाडी विपक्षी टिमको आधा भागमा भए वा टाउको, शरीर तथा खुट्टाको कुनै पनि भाग विपक्षीको गोललाइनभन्दा नजिक भए अफसाइड पोजिसनमा रहेको मानिन्छ । यो टेक्नोलोजी अन्तर्गत बलमा सेन्सर तथा लिम्ब ट्र्याकिङ क्यामेरा प्रणाली प्रयोग गरिन्छ, जसले खेलाडीको मुभमेन्ट ट्र्याक गरिरहन्छ ।

यो प्रविधिले घरमै बसेर खेल हेर्ने दर्शकहरुलाई रेफ्रीको निर्णय बुझ्न मद्दत गर्नेछ । साथै, यसले स्टेडियमको स्क्रिनमा थ्रीडी पिक्चर प्रक्षेपण गर्न मद्दत गर्नेछ । फिफाले कतारमा खेलिने सबै आठवटा स्टेडियममा १२ वटा क्यामेरा स्थापना गरेको छ, जसले गर्दा खेलाडीहरूको गतिविधि डेटा रेकर्ड गर्न तथा भिडियो सहायक रेफरी प्रणालीका लागि प्रयोग गर्न सकिन्छ । उदघाटन खेलको पहिलो गोल यहि प्रविधिको सहयोगमा केही बेरमै रद्ध भएको थियाे ।

प्रतिक्रिया