शुक्रबार, वैशाख १४, २०८१

पसिना बेचेर पैसा पठाउँछौँ !

अर्जुन पराजुली २०७९ मंसिर ५ गते १२:१८

चोरहरुले
चोरहरुलाई
चार मान्दैनन्
नेता मान्छन् !

कम छैनौँ हामी पनि
न चेन्छौँ, न मान्छे चिन्छौँ !
धोका जतिवटा खाए पनि
भोट लगेर उनै चोरलाई दिन्छौँ !

चोरहरु
भोटमा चढेर
संसदमा जान्छन् !
हामी
प्लेनमा चढेर
खाडीमा जान्छौँ !

हामी
पसिना बेचेर
पैसा पठाउँछौँ !
चोरहरु
हामीलाई बेचेर
पैसा खान्छन् !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया