सोमबार, वैशाख १७, २०८१

‘याद त आइहाल्छन नि’ काे समीक्षा

नेपालखोज २०७९ फागुन ४ गते १०:२७

काठमाडौं । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आइईरहेकाे कृति समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ ।

परिषद् जिल्ला शाखा दाङकाे आयाेजनामा १८६औं शृङ्खलामा साहित्यकार नगेन्द्रकुमार आचार्य (नगेन्द्र गुरू)काे ‘याद त आइहाल्छ नि’ गजल सङ्ग्रहकाे समीक्षा गरिएकाे हाे ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का निर्वतमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषाेत्तम खनालकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएकाे हाे ।

साे कृति समीक्षा कार्यक्रममा याद त आइहाल्छ नि गजल सङ्ग्रहकाे समीक्षा साहित्यकार हरिप्रसाद पौडेल (स्वर्ण शिखा)ले गर्नु भएकाे थियाे । समीक्षा कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी र सष्टा नगेन्द्रकुमार आचार्य (नगेन्द्र गुरू)ले मन्तब्य व्यक्त गर्नु भएकाे थियाे भने उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्मा (नारायण गुरू), प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्र्साद शर्मा, वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, लेखक संघ दाङका अध्यक्ष खगराज न्याैपाने, नेपाली लेखक संघ दाङ शाखाका अध्यक्ष डा हिमलाल पन्थी , जिल्ला शाखा दाङका सल्लाहकार डा लाेकराज पराजुली, केन्द्रीय कोषाध्यक्ष खेमराज मल्ल, साहित्यकार नरेशजङ राणा, क्षितिज मगर, धनसिङ गिरी, दामाेदर पाैडेल, गाेपाल भुषाल अभिलाषी, सुर्य बिसी, धनश्याम अस्तित्व, गुरूप्रसाद महरा, बसन्त अनुभव, सुवास न्याैपाने, सुरेश पाैडेल, मनिराम खनाल, नरेश खनाल, श्रवण नेपाली, बिक्रम वली (नेपाली बावु), मनाेज थापा मगर, जिन आजिन, छेतेश रैदास लगायतकाे उपस्थिति रहेकाे थियाे ।

परिषद् दाङ शाखाका सदस्य विणा राेकाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजिकरण परिषद् दाङ शाखाका सचिव प्रकाश के सीले गरेका थिए ।

प्रतिक्रिया