मंगलबार, असार २४, २०८२

पहिलाे परिणाम कांग्रेसकाे खातामा, मुस्ताङमा २९ वर्षका गौचन विजयी

नेपालखोज २०७९ मंसिर ५ गते १२:२४

मुस्ताङ । प्रतिनिधि सभाकाे निर्वाचनमाकाे पहिलाे परिणाम सार्वजनिक भएकाे छ । जसअनुसार मुस्ताङ जिल्लामा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन निर्वाचित भएका छन् ।

कान्छा विजेताका रुपमा उनी केवल २९ वर्षका रहेका छन् । मुस्ताङमा ७ हजार २ सय ३० मत खसेको थियो भने योगेशले ३९९६ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याए।

नेविसंघबाट राजनीति सुरु गरेका योगेश पछिल्लो समय कांग्रेस राजनीतिमा सक्रिय थिए । योगेश थासाङ गाउँपालिका लेतेका बासिन्दा हुन् । उनले बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका छन् भने उनी पर्यटन तथा होटल व्यवसायी पनि हुन् ।

प्रतिक्रिया