मंगलबार, असार २४, २०८२

कास्की क्षेत्र नं. ३ मा मतगणना सुरु

नेपालखोज २०७९ मंसिर ५ गते १६:०७

कास्की । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा क्षेत्र नं ३ को मतगणना सुरु भएको छ ।
पोखरा महानगरपालिका-७ सहिदचोकस्थित जिल्ला समन्वय समितिको कार्यालयभित्र रहेको सभाहलमा दिउसो १:४५ देखि पोखरा-१ बगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयको मत गणनामा गरिएको हो ।

उ्रक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार रहेकामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल पाँच दलीय गठबन्धनबाट प्रतिस्पर्धी भएका छन् ।

यसैगरी नेकपा (एमाले)बाट दामोदर पौडेल (वैरागी), राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीलगायत उम्मेदवार छन् । प्रदेशसभा ३ ९१० मा पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का दुर्गादत्त भण्डारी, नेकपा (एमाले)बाट गणेशमान गुरुङ तथा ३९२०मा नेपाली कांग्रेसका प्रकाश बराल, नेकपा (एमाले)का राजीव पहारीलगायत उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

क्षेत्र नं ३ मा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा आइतबार भएको मतदानमा ६१ हजार चार सय १४ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको कास्कीमा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार पाँच सय २२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता छन् ।

प्रतिक्रिया