मंगलबार, असार २४, २०८२

मुस्ताङ (१) प्रदेशसभामा कांग्रेसका गुरुङ विजयी

नेपालखोज २०७९ मंसिर ५ गते १६:१९

मुस्ताङ । मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बनेका हुन् । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्यायका छन्। खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा ९२० को मतगणना जारी छ ।

प्रतिक्रिया