मनाङमा एमालेका गुरुङ अगाडि
नेपालखोज
२०७९ मंसिर ५ गते १८:४४

मनाङ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेद्वार अगाडि देखिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा (एमाले)का पाल्देन छेवाङ गुरुङले एक हजार १६० मतसहित अग्रता लिएका छन् । त्यसैगरी नेपाली कांग्रेसका टेकबहादुर गुरुङले एक हजार १२७ प्राप्त गरेका छन् । उनीहरुबीच ३३ मतको अन्तर रहेको छ । अब दुईहजार ४५६ मत गन्न बाँकी रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया