सोमबार, वैशाख २४, २०८१

फिफा विश्वकप फुटबल-२०२२ : आज चार खेल हुँदै

नेपालखोज २०७९ मंसिर ६ गते ७:२७

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ अन्तर्गत आज मंगलबार चार खेल हुँदैछन् । कतार विश्वकपमा मंगलबार समूह ‘सी’ र समूह ‘डी’ को दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाबीच प्रतिस्पर्धा हुनेछ ।

अर्जेन्टिना र साउदीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ भने समूह ‘डी’ मा रहेको डेनमार्क र ट्युनिसियाबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

विश्वकप अन्तर्गत नै सोमबार हुने तेस्रो खेलमा पोल्याण्ड र मेक्सिकोबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र मेक्सिकोबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

समूह ‘डी’ मा रहेको फ्रान्स र अष्ट्रेलियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । कतारमा जारी फिफा विश्वकप फुटबलमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रतिक्रिया