सागर ढकालभन्दा सभापति देउवा दोब्बर मतले अगाडि
नेपालखोज
२०७९ मंसिर ६ गते ७:३५

डडेल्धुरा । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् । अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएका छन् भने छ सय ५६ मत बदर भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया