सिन्धुपाल्चोक १ मा एमालेको अग्रता
नेपालखोज
२०७९ मंसिर ६ गते ८:४४

सिन्धुपाल्चोक । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले )को अग्रता लिएको छ । सो पार्टीका उम्मेद्वार सरेश नेपालले तीन हजार ८५ मत प्राप्त गरेका छन् ।
लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार माधव सापकोटाले दुई हजार नौ सय एक मत प्राप्त पछ्याइरहेका छन् । प्रदेशसभामा ‘१’ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मसिना खड्काको अग्रता रहेको छ ।
उनले दुई हजार एक सय ३९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङले एक हजार नौ सय २१ मत पाएका छन् । हालसम्म क्षेत्र नम्बर १ को भोटेकोसी गाउँपालिकाको गणना सकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया