जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा, बिक्रीदर ९ रुपैयाँ २६ पैसा

नेपालखोज २०७९ मंसिर ६ गते ९:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ६५ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ७६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया