उमेरअनुसार कति हुनुपर्छ रक्तचाप ?

काठमाडाैं । तनाव र भागदौडको जीवनशैलीका कारण धेरैजसोलाई रक्तचापको समस्या देखिन थालेको छ भने कसैलाई उच्च र कोही न्युन ब्लडप्रेसरको समस्याले सताएको छ । तर, के तपाईंलाई थाहा छ शरीरमा रक्तचाप कस्तो हुनुपर्छ ? सामान्यतया मानिसहरूले १२० /८० लाई सामान्य रक्तचाप माने पनि यो उमेर अनुसार पुरुष र महिलाहरूमा फरक-फरक हुन्छ ।
त्यसोभए उमेर अनुसार पुरुष र महिलाको रक्तचाप कती हुनुपर्छ ?
प्रायः मानिसहरू १२० /८० सामान्य रक्तचाप हो भन्ने विश्वास गर्छन्, तर स्वास्थ्य विशेषज्ञहरूका अनुसार यो अंक उमेर अनुसार फरक-फरक हुन सक्छ । सामान्य रक्तचाप उमेर अनुसार ९० /६० देखि १४५ / ९० सम्म हुन सक्छ । यद्यपि, यो पनि शारीरिक अवस्था र स्वास्थ्य अवस्थामा निर्भर गर्छ । विज्ञहरूका अनुसार पुरुषमा रक्तचापको माथिल्लो दायरा ९०/६० देखि १४५/९० सम्म हुन सक्छ । नवजात बालबालिकाको रक्तचाप ९०/६०, ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाको रक्तचाप १००/७०, १८ वर्षसम्मका बालबालिकाको रक्तचाप १२०/८०, ४० वर्षसम्मकाहरुको रक्तचाप १३५/८० तथा त्यसभन्दा माथिका मानिसको रक्तचाप १४५/९० सम्म हुन सक्छ ।
बाल्यकालमा केटीहरूको रक्तचाप केटाहरूको जस्तै हुन्छ । किशोरावस्थापछि केटीहरूको रक्तचाप केटाको तुलनामा अलिकति कम हुन्छ तर रजोनिवृत्तिपछि महिलाको रक्तचाप पुरुषको भन्दा बढी हुन्छ । सामान्यतया, पुरुष र महिलाको उमेरसँगै रक्तचापको दायरा पनि बढ्छ, तर जो कसैको रक्तचाप पूर्ण रूपमा उसको स्वास्थ्य अवस्थामा निर्भर गर्छ । त्यसैले, सामान्य रक्तचाप जाँच गर्न डाक्टरसँग परामर्श गर्नुपर्छ ।
प्रतिक्रिया