काठमाडौं–४ मा कांग्रेसका महामन्त्री गगन थापा विजयी
नेपालखोज
२०७९ मंसिर ६ गते ११:२६

काठमाडौं । काठमाडौं – ४ बाट फराकिलो अन्तरले नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । उनले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै जित हाँसिल गरेका हुन् । भट्टराईलाई थापाले ७,४५७ मतान्तरले पराजित गरे ।
थापाले ०७४ मा पनि एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया