मोरङ ३ मा सुनिल शर्माको अग्रता कायमै
नेपालखोज
२०७९ मंसिर ६ गते १५:५५

मोरङ । मोरङ क्षेत्र नं ३ मा डा सुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गरेका छन् भने नेकपा (एमाले)का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाएका छन् । राप्रपाकी रेखा थापाले नौ सय ६ मत प्राप्त गरेकी छन् ।
जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो । सो क्षेत्रमा पथरी शनिश्चरे नगरपालिका-८ बेलबारी नगरपालिका-८, सुन्दरहरैचा नगरपालिकाको ६ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया