सिन्धुली–२ (२) र पर्सा १ ‘क’ मा माओवादीका उम्मेद्वार निर्वाचित

काठमाडाैं । सिन्धुली–२ (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गानारायण श्रेष्ठ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेद्वार श्रेष्ठले नेकपा (एमाले)का रामकुमार पौडेललाई तीन हजार दुई सय १२ मतान्तारले पछि पार्दै वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए । श्रेष्ठले १३ हजार एक, पौडेलले नौ हजार सात ८९ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेशसभा सदस्यतर्फ पर्सा निर्वाचन क्षेत्र नम्बर–१ ‘क’ मा नेकपा (माओवादी केन्द्र)का उमेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका हुन् । अन्सारी दुई हजार २९८ मतान्तरसहित विजयी भएका छन् । अन्सारीले सात हजार ८१७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेद्वार विचारीप्रसाद यादवले पाँच हजार ५१९ मत ल्याएका छन् ।
प्रतिक्रिया