शनिबार, वैशाख १५, २०८१

आजको विदेशी मुद्राको विनिमयदर : कुन देशकाे कति ?

नेपालखोज २०७९ मंसिर ७ गते १०:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ३७ पैसा र बिक्रीदर १३० रुपैयाँ ९७ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ७९ पैसा रहेको छ भने, बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया