बुधबार, वैशाख १२, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ मंसिर ७ गते १०:४०

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि ४ सय रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज पनि प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया