शुक्रबार, वैशाख ७, २०८१

पछिल्लो चौबीस घण्टामा ०४ संक्रमित, २१ जना निको

नेपालखोज २०७९ मंसिर ७ गते १७:१५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ०४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार २८५ जनाको नमुना परीक्षण गर्दा ०४ जनामा कोरोना संक्रमण देखिएको हो ।

६४७ जनाको पीसीआर परीक्षण गर्दा ०४ जनामा र ६३८ सय जनाको एन्टिजेन परीक्षण गर्दा शुन्य जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३७३ पुगेको छ ।

प्रतिक्रिया