आइतबार, असार २२, २०८२

महोत्तरीको ३ (१) र (२) मा लोसपाका उम्मेद्वार निर्वाचित

नेपालखोज २०७९ मंसिर ८ गते ७:५३

महोत्तरी । महोत्तरी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ को (१) र (२) मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार आज बिहान आएको मतगणनाको अन्तिम परिणामअनुसार ३(१) मा लोसपाका नेता अभिराम शर्मा विजयी भएका छन् भने ३(२) मा लोसपाकै नेत्री रानीकुमार तिवारी विजयी भएका छन् ।

३(१) मा लोसपाका शर्माले नौ हजार आठ सय ९२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका दिपेन्द्र झाले नौ हजार सात सय १८ मत प्राप्त गरेका छन् । लोसपा नेता अभिराम शर्मा यस क्षेत्रबाट यसअघि पनि प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

त्यसैगरी ३(२) मा लोसपाकै तिवारीले छ हजार चार सय १४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार उज्ज्वलकुमार झाले पाँच हजार चार सय ८९ मत प्राप्त गरेका छन् । तिवारीले झालाई नौ सय २५ मतले पराजित गरेका छन् । तिवारी पनि यस क्षेत्रबाट पुनः प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया