आइतबार, असार २२, २०८२

प्रतिनिधिसभा निर्वाचन २०७९ : चर्चित अनुहार जाे पराजित भए  

नेपालखोज २०७९ मंसिर ८ गते ८:५०

काठमाडाैं । प्रतिनिभिसभाको मत परिणाम सार्वजनिक हुने क्रम जारी भए पनि अहिलेसम्मको परिणाममा केही चर्चित हस्ति पराजित भएका छन् ।

ईश्वर पोखरेल

नेकपा एमालेका शीर्ष नेता हुन् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । अघिल्लो निर्वाचनमा कांग्रेसका डा. प्रकाशशरण महतलाई भारी मतान्तरले हराएका पोखरेल यस पटक कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भए । पोखरेल यसपटक ५ हजार ६२ मतान्तरले पछाडि परेका थिए ।

उपेन्द्र यादव

०६२ – ६३ को जनआन्दोलनपछि भएको मधेस आन्दोलनबाट उदाएका यादवका लागि यो निर्वाचन दुस्वप्न साबित भएको छ । कुनैबेला सरकार बनाउने – गिराउने खेलाडि यादव यसपटक जनमत पार्टिका अध्यक्ष डा. सीके राउतसँग लज्जास्पद हार व्यहोर्न बाध्य मात्र भएका छैनन् उनको पार्टी नै निकै पछाडि परेको छ ।

पुष्पा भुसाल

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल अर्घाखाँचीमन नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसँग पराजित भइन् । रायमाझीले ४२,६७५ मत प्राप्त गर्दा भुसालले ४०,९४५ मत मात्र जोडन सकिन् ।

ओनसरी घर्ती

नेकपा माओवादी नेतृ एवं पूर्व सभामुख ओनसरी घर्ती मगर काठमाडौं- २ बाट पराजित भएकी छन् । मगरलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी सोभिता गौतमले ५,७८० मतान्तरले पराजित गरेकी छन् ।

रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री गुल्मी- २ मा पराजित भएकी छन् । झाँक्री एमाले सचिव गोकर्ण विष्टसँग हारेकी हुन् ।

दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल एमालेका सूर्य थापासँग ५,२७४ मतान्तरले पराजित भएकी छन् ।

रवीन्द्र मिश्र

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं – १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका छन् ।

लेखराज भट्ट

कैलाली-४ को प्रतिनिधिसभा सिटमा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट पराजित भए । उनलाई नेपाली कांग्रेसका वीरबहादुर बलायरले हराएका हुन् । कांग्रेस सुदूरपश्चिम सभापति बलायरले २६,०७१ मत प्राप्त गर्दा भट्ट २२,५८७ मतमा खुम्चिए ।

रामवीर मानन्धर

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले काठमाडौं – ७ मा पूर्वमन्त्री रामवीर मानन्धरलाई पराजित गरे ।

राजन भट्टराई

काठमाडौं – ४ मा गगन थापाले जितको ह्याट्रिक गर्दा नेकपा एमालेका नेता राजन भट्टराई फराकिलो मतान्तरमा पराजित भएका छन् ।

देव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ नेकपा एमालेका पृथ्बीसुब्बा गुरूङसँग लमजुङमा पराजित भए । देव गुरुङले ३१,७८१ मत प्राप्त गरे भने विजयी पृथ्वीसुब्बा गुरुङले ३४,९६९ मत प्राप्त गरेका थिए ।

जीवनराम श्रेष्ठ

नेकपा एकीकृत समाजवादीका सचिव एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ काठमाडौं – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ सँग पराजित भएका छन् ।

भीमसेनदास प्रधान

नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान काठमाडौं – ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका छन् ।

जगन्नाथ खतिवडा

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा उदयपुर – २ मा एमालेका अम्बरबहादुर रायमाझीसँग पराजित भएका छन् । प्रहरीका पूर्व हाकिमहरु नेपाल प्रहरीका वरिस्ठ अधिकारिहरु सर्वेन्द्र खनाल, रमेश खरेल तथा नवराज शिलवाल क्रमशः काठमाडौं – ६ , काठमाडौं – १ तथा ललितपुर -२ मा पराजित भएका छन । उनीहरुलाई प्रकाश मान सिंह, शिशिर खनाल तथा उदय शमशेर राणाले हराएका हुन् ।

मानुषि यमी

भट्टराई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई काठमाडौं – ७ मा पराजित भइन् । मानुषी तेस्रोे स्थानमा मात्र आउन सकिन् ।

विरोध खतिबडा

मकवानपुर -२ मा नेकपा एमालेका उम्मेद्वार महेश बर्तौलाले नेकपा एकिकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरे । बर्तौलाले ३४,६१६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खतिवडाले ३०,३९४ मत मात्र जोडन सके ।

मोहम्मद इस्तियाक राई

जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राई बाँके -२ मा पराजित भए । उनलाई राप्रपाका उम्मेद्वार धवलशमशेर राणाले पराजित गरेका हुन् ।

महेश बस्नेत

भक्तपुर – २ मा एमालेका चर्चित नेता महेश बस्नेत पराजित भए । उनलाई नेपाली कांग्रेसका दुर्लभ थापाले २३,५०० मतका साथ हराएका हुन् भने बस्नेतले २२,६७ मत मात्र ज‍ोड्न सके ।

प्रतिक्रिया