रौतहटमा आगलागी हुँदा एकै परिवारका बालबालिकाको मृत्यु

नेपालखोज २०७९ मंसिर ८ गते ९:१०

काठमाडाैं । रौतहटको गौरमा आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ । आगलागीमा परि ३ जना घाइते भएका छन् ।

गएराति कपडा पसलमा आगलागी हुँदा रूकसाना खातुन, ईमरान मन्सुरी र सबिना खातुनको ज्यान गएको हो । गौर नगरपालिका वाड नंं १ को इस्लाम कपडा तथा सिरक डसना पसलमा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया