चुनाव जित्नेहरु-१

जिते ज्वालाले
नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ३५ हजार ७०० मतसहित ज्वाला निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दि स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गरेका छन् । ज्वाला र शाहबीचको मत अन्तर १५ हजार ९११ छ । यसैगरि एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतका साथ तेस्रो स्थानमा सिमित भए ।
झिनो मतले हारे एमाले महासचिब पोखरेल
एमाले महासचिव शंकर पोखरेल पराजित भएका छन्। दाङ – २ मा बा-लोकतान्त्रिक गठबन्धनकि उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले पोखरेललाई १९६ को झिनो मतान्तरले पराजित गरेकी छिन। शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८१ मत जोडेका थिए ।
म्याग्दीमा कांग्रेस
म्याग्दीमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) निर्वाचित भएका छन् । गर्बुजाले आफ्ना प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठको तुलनामा ३ हजार ८ सय ३२ मत बढी ल्याएका थिए । गबुर्जाले २४ हजार २१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ । उनका प्रतिद्वन्द्वी श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरेका छन् ।
तीन पटकका सांसद हारे
रुपन्देही – ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६ हजार ८२२ मत प्राप्त गर्दा शाहले २७ हजार १२० मत मा प्राप्त गर्न सके ।
विद्या दोस्रोपटक
कास्की – २ मा नेकपा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छिन् । उनले निकटम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेललाई ४ हजार ५०३ मतान्तरले पराजित गरेकी हुन् । भट्टराईले १६ हजार ९९८ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी कँडेल १२ हजार ४९५ मतमा खुम्चिए । यसैगरी नेकपा एकीकृत समाजवादीका श्रीनाथ बराल ९ हजार ६५९ मतसहित तेस्रो स्थानमा रहे ।
पर्वतमा एमाले
पर्वतमा नेकपा एमालेका पदम गिरीले २९ हजार ८ सय ७२ प्राप्त गर्दै जित हात पारेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुन जोशीले २७ हजार ६ सय ९ मत प्राप्त गरे। उनिहरु बीच २ हजार २ सय ६३ को मतान्तर छ।
फेरि प्रेम सुवाल
भक्तपुर – १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः निर्वाचित भएका छन् । सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११,८३४ तथा राप्रपाका भरतबहादुर खड्काले ९ ,२२२ मत प्राप्त गरेका छन् ।भक्तपुर – १ नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५,१६५ मत मात्र प्राप्त गरे ।
राठौर बिजयी
बाँके – ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् । राठौरले २९ ,० ४० मत ल्याएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिले २४,२४७ मत प्राप्त गरेका छन । राठौरले ४,७९३ मतको अन्तरले कक्षपतिलाई पराजित गरेका हुन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले ७,४३९ मत प्राप्त गरेका छन ।
कञ्चनपुर–२ बाट एनपी साउद
कञ्चनपुर – २ मा नेपाली कांग्रेसका एनपी साउद निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार साउदले २८,१०० मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका नरबहादुर धामीले २१,६४५ मत पाएका छन । यसैगरि उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशीले ४,९३१ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३,५१० मत प्राप्त गरेका छन ।
झन्डै १० हजारले जिते शक्ति बस्नेत
जाजरकोटको प्रतिनिधिसभा सिटमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् । उनले ३४,१५१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका निरज आचार्य २५,१२० मतमा सिमित भएका छन् ।बस्नेत र आचार्यबीच ९ हजार ३१ मतान्तर छ ।
ज्ञानेन्द्र शाही भारि मतले बिजयी
जुम्लाको प्रतिनिधिसभा सिटमा राप्रपाका ज्ञानेन्द्र शाही ( ज्ञानबहादुर शाही ) फराकिलो मतान्तरले निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार शाहीले २२,८१९ मत प्राप्त गर्दा माओवादी केन्द्रकी गोमा गौतम कुँवर ११,९५९ मतमा सिमित भइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६,५२८ मत मात्र जोडन सके ।
ऐन महर हारे , जोशी बिजयी
बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित भएका छन् । जोशीले २८,१४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७,१४५ मत मा अडिएका छन् ।
वर्षमान पुन भारि मतले बिजयी
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न मतगणना अनुसार पुनले ४१,७१४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पूर्ण बुढामगर १६,४८५ मतमा खुम्चिएका छन् ।
बजगाईं निर्वाचित
नेपाली कांग्रेसका राजेन्द्र बजगाईं गोरखा–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । बुधबार राति सम्पन्न मतगणना अनुसार बजगाई ३३,४२८ लोकप्रिय मत प्राप्त गरेका छन् ।
सूर्य थापा बिजयी
नेकपा एमालेका सूर्य थापा प्युठानबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । थापाले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५,२७४ मतान्तरले पराजित गरेका छन् । थापाले ४१,११८ मत प्राप्त गरे भने पौडेल ३५,८४४ मतमा सिमित भइन् । थापा नेकपा एमालेका पाेलिटब्यूराे सदस्य तथा प्युठान इन्चार्ज हुन् । यता पराजित नेतृ पाैडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन् ।
प्रतिक्रिया