आइतबार, असार २२, २०८२

नयाँ अनुहार जाे संसद प्रवेश गर्दै

नेपालखोज २०७९ मंसिर ८ गते १३:५३

केही समयअघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नयाँ अनुहार संसद प्रवेश गर्दै छन् । ठूला पार्टीका शीर्ष नेता तथा चर्चित अनुहारहरु पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट नयाँ अनुहार संसद प्रवेश गर्न लागेका हुन् ।

रवि लामिछाने

चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरी निर्वाचित भएका भएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार उमेश श्रेष्ठले १५ हजार ९९ मत ल्याएका छन् । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याए । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेद्वार हुन् । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

डाक्टर तोसिमा कार्की

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी भएकी छन् । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनी ३१ हजार एक सय ३६ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी भएकी हुन् । खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गरेकी छन् ।

सोविता गौतम

काठमाडौँ क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेद्वार सोविता गौतम विजयी भएकी छन् । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेद्वार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी)का उम्मेद्वार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी छन् ।

शिशिर खनाल

काठमाडौं क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ४ हजार २०४ मत ल्याएर विजयी भएका छन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरी दोस्रो भएका छन् भने नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

गणेश पराजुली

काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पराजुली निर्वाचित भएका छन् । पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएका हुन् ।

विराजभक्त श्रेष्ठ

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १०१०५ मत लिएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सुमन सायमी ५८८९ मतमा रोकिए । गठबन्धनबाट उम्मेद्वार बनेका पर्यटनमन्त्री नेकपा एसका उम्मेदवार जीवनराम श्रेष्ठ ४८७७ मतका साथ तेस्रो भए । एमालेका शिवसुन्दरराज वैद्य ३५२२ मत ल्याएर चौथो स्थान प्राप्त गरे ।

प्रतिक्रिया