आइतबार, असार २२, २०८२

चुनाव जित्नेहरु-२

नेपालखोज २०७९ मंसिर ८ गते १३:१८

पुष्पा भुसाललाई पराजित गर्दै रायमाझी बिजयी

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । रायमाझीले ४२,६७५ मत प्राप्त गर्दा उनकि निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकि केन्द्रीय सदस्य पुष्पा भुसालले ४०,९४५ मत मात्र जोडन सकिन् ।

भट्टलाई हराउँदै बलायर

कैलाली-४ को प्रतिनिधिसभा सिटमा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कांग्रेस सुदूरपश्चिम सभापति बलायरले बलिया प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६,०७१ मत प्राप्त गरेका छन भने भट्टले २२,५८७ मतमा खुम्चिएका छन् ।

प्रचण्ड बिजयी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा – २ बाट निर्वाचित भएका छन्। प्रचण्डले २६,१०३ मत प्राप्त गरे‍का छन्।उनका निकटम् प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२,६३७ मत प्राप्त गरेका छन् भने यहाँ एमाले तेस्रो स्थानमा छ ।

देव गुरुङ पराजीत

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ नेकपा एमालेका पृथ्बीसुब्बा गुरूङ सँग लमजुङमा पराजित भएका छन् ।
देव गुरुङले ३१,७८१ मत प्राप्त गरे भने विजयी पृथ्वीसुब्बा गुरुङले ३४,९६९ मत प्राप्त गरेका छन् ।

प्रेम आले बिजयी

डोटीबाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले २७,२१० मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेकी गौरी कुमारी ओलीले २३,००४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

हारे बिरोध खतिबडा

मकवानपुर -२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गरेका छन् । बर्तौलाले ३४,६१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खतिवडाले ३०,३९४ मत मात्र जोडन सके ।

हारे महेश बस्नेत

भक्तपुर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा २३,५०० मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२,६७७ मत मात्र ज‍ोडन सके । यसैगरि उक्त क्षेत्रमा नेमकिपाकी अनुराधा थापा मगरले ६,९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३,८२० तथा राप्रपाका मोहन केसीले २,४८६ मत प्राप्त गरेका छन् ।

शुक्ला बिजयी

रुपन्देही – ४ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन्।शुक्लाले २८ हजार मत ल्याई विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका प्रमोदकुमार यादको २२ हजार ७ सय ४ मत लाई पछाडि पारेका छन्।

रमेश लेखकले जिते

नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । कञ्चनपुर निर्वाचन – ३ बाट लेखक १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् ।

झापा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । मत परिणाम अनुसार शर्माले ३९,६२४ प्राप्त गरेका छन भने उनका निकटतम प्रतिस्पर्ध एमालेका अग्नि खरेलले २५,३४९ मतमा खुम्चिएका छन ।

दार्चुलामा कांग्रेसका दिलेन्द्रप्रसाद बडू

दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । कांग्रेसका प्रतिद्धन्द्धी ठगुन्नाले २६ हजार ३८१ मत प्राप्त गरेका छन् । ठगुन्ना २०७० र २०७४ सालका सांसद हुन ।

देबराज बिजयी

झापा निर्वाचन- २ मा नेकपा एमालेले जित हासिल गरेको छ । स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पछि पार्दै एमाले उम्मेदवार देवराज घिमिरे प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन्।

अजय अजेय

पर्सा -२ मा नेपाली कांग्रेसका अजयकुमार चौरसियाले जसपाका सुरेन्द्रप्रसाद कुर्मीलाई पराजित गरेका छन्। चौरसियाको पक्षमा २८,४५१ मत आएको छ भने कुर्मीले २२४४५ मत ल्याएका छन्।

पर्सा -२ मा राप्रपाका नरेसकुमार साहले २,७४१ मत ल्याएका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९७१ मतमा सिमित भएएका छन्।

फेरि यादव

पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसका बिद्रोहि उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गर्दै यादबले २२ हजार ५ सय ३७ मत प्राप्त गरेका छन । पूर्व वन तथा वातावरणमन्त्री यादवलाई नेकपा एमालेले समर्थन गरेको थियो । उनले गठबन्धनका द्विवेदीको तुलनामा १ हजार ६ सय २० बढी मत ल्याएका छन् ।

पौडेल निर्वाचित

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४,५९९ मतान्तरले पराजित गरेका हुन् । २०७४ सालमा २८, ८२७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनकी प्रतिद्वन्दी एमालेका मञ्जु शर्माले २०,१८० मत प्राप्त गरेकी छिन् ।

यादब हारे , राउत बिजयी

सप्तरी – २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत ठुलो मतान्तरका साथ विजयी भएका छन्। उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराएका छन । राउतले ३५,०४२ मत प्राप्त गरेका छन भने यादवले १६,९७९ मत मात्र जोडन सके ।

माओवादीको अर्को जित

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ दोस्रो जीत दर्ता गराएको छ । रुकुम पूर्वका माओवादी उम्मेदवार पूर्णबहादुर घर्ती मगरले १२,२६२ मतका साथ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५,२११ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्री ८९६ मतमा सिमित भए ।

रामहरि बिजयी

ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा ३३,५५६ मतका साथ विजयी भएका छन्। खतिवडाका प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २६,७३८ मत प्राप्त गरेका छन ।

प्रतिक्रिया