आइतबार, मंसिर १८, २०७९

३४ प्रतिशतले घट्यो मोबाइल आयात

नेपालखोज २०७९ मंसिर ८ गते १३:२७

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चौमासिक (साउनदेखि कात्तिक) सम्ममा १७ लाख मोबाइल सेट आयात भएको छ । यो परिमाणको फोन आयातका लागि देशबाट ११ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष साउनदेखि कात्तिकसम्ममा २० अर्ब रुपैयाँ बराबरको २६ लाख बढी मोबाइल सेट भित्रिएको थियो । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ३४ प्रतिशतले कम हो ।

वैशाख १३ गतेदेखि नै सरकारले असार मसान्तसम्मका लागि ६ सय अमेरकी डलरसम्मका फोन आयातमा कडाइ गरेको थियो । सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँग मोबाइल आयातमा कडाइ गरेको छ ।

यसर्थ वैशाखदेखि नै महँगा स्मार्टफोन नेपाली बजारमा भित्रिन पाएका छैनन् । पछिल्लो समय अधिकांश ग्राहकको रोजाइ महँगा फोनमा छ । पछि आयातलाई परिमार्जन गर्दै भदौ १४ गतेसम्मका लागि तीन सय अमेरिकी डलरसम्मको फोन आयातमा कडाइ गरेको छ ।

त्यस्तै, ९२ करोड मूल्य बराबरको नौ लाख ७१ हजार बारफोन छन् । साउन महिनामा भित्रिएका कुल फोनमध्ये १० अर्ब मूल्य बराबरको सात लाख २९ हजार स्मार्टफोन छन्।

प्रतिक्रिया