आइतबार, असार २२, २०८२

हार्ने मन्त्रीहरु , जित्ने मन्त्रीहरु

नेपालखोज २०७९ मंसिर ८ गते १४:२४

यसपटकको प्रतिनिधि सभा निर्वाचनमा १२ जना मन्त्री प्रतिस्पर्धामा थिए। तीमध्ये ३ जना मन्त्री निर्वाचित भैसकेका छन् । सार्वजनिक भएको परिणामअनुसार २ जना मन्त्री पराजित भएका छन्।

जित्ने मन्त्रीहरु

बाग्लुङ – २ मा शिक्षा मन्त्री देवेन्द्र पौडेल २५ हजार ७ सय ७९ मत सहित निर्वाचित भएका छन्। पौडेलले एमालेकी मञ्जु शर्मालाई हराएका हुन्।

यस्तै, अछाम – १ मा श्रममन्त्री शेरबहादुर कुँवर निर्वाचित भएका छन्। कुँवर १९ हजार ५ सय ३४ मत का साथ एमालेका झपट बोहोरालाई हराउँदै विजयी भएका हुन् ।


दार्चुलामा उद्योगमन्त्री दिलेन्द्र बडु विजयी भएका छन्। उनले २८ हजार ५ सय १५ मतसहित उनी विजयी भएका हुन्। उनले एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन्।

हार्ने मन्त्रीहरु

खेलकुद मन्त्री जीवनराम श्रेष्ठ काठमाडौं – ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ सँग पराजित भएका छन्। विजयी श्रेष्ठले १० हजार १ सय ५ मत ल्याउँदा मन्त्री श्रेष्ठले ४ हजार १ सय ७७ मत मात्र जोडन सके ।

यसैगरि , ललितपुर – ३ मा उर्जा मन्त्री पम्फा भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीसँग पराजित भइन्। कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा मन्त्री भुसालले ८ हजार ७ सय ६९ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाईन ।

यस्तै चुनावी मैदानमा रहेका खानेपानी मन्त्री उमाकान्त चौधरी बारा १ मा पछि परेका छन्। उनी एमालेका उम्मेदवार अच्युतप्रसाद मैनालीसँग करिब ६ हजार मतले पछि परेका हुन्।

प्रतिक्रिया