आइतबार, असार २२, २०८२

कास्कीमा विद्याको दोस्रो जीत

नेपालखोज २०७९ मंसिर ८ गते १५:३९

कास्की । नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उनी उपनिर्वाचनमा पनि विजयी भएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकबाट राजीनामा दिएर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ चुनावमा होमिएकी भट्टराईं सो उपनिर्वाचनमा पनि विजयी भएकी हुन् ।

आसन्न निर्वाचनमा पनि उनका अगाडि चुनौती नभएको होइन । एकातर्फ सत्ता गठबन्धनका विपक्षमा लड्नुपर्ने र अर्कातर्फ स्वतन्त्र उम्मेदवारको बढ्दो मतको चुनौती उनका अगाडि थियो । तर पनि आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको भन्दा चार हजार पाँच सय बढी मतान्तरले उनी विजयी भएकी हुन् ।

शान्त स्वभावले विपक्षीहरुको पनि मन जित्न सकेको उनका नजिकका राजनीतिकर्मीहरु बताउँछन् । किशोरावस्थाबाटै आफूलाई परिवर्तनको पक्षमा उभ्याउन सफल उनले स्वर्गीय रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने अठोटमा छन् ।

प्रतिक्रिया