फागुनसम्म अनिवार्य इम्बोस्ट नम्बर प्लेट राख्नु पर्ने यातायात मन्त्रालय निर्णय

नेपालखोज २०७९ मंसिर ८ गते १६:०१

काठमाडौं । सरकारी सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर संचालन भएका सम्पूर्ण सरकारी सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ट नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो ।

मन्त्रालयले कात्तिक २८ गते पं.सं. २०७९/८० च.नं. २.१/५३७ बाट सम्पुर्ण सरकारी संस्थान संघ प्रदेश र स्थानीय तहका सवारी साधनहरुमा आगामी २०७९ फाल्गण मसान्त सम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जोडीसक्नु पर्ने निर्णय गरेको हो । यो निर्णय कात्तिक २८ गते गरेको थियो ।

प्रतिक्रिया