शुक्रबार, चैत १६, २०८०

कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टी विजयी

नेपालखोज २०७९ मंसिर ८ गते १७:२९

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार सय चार मतका साथ विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा (एमाले)का तपेन्द्र रावलले पाँच हजार एक सय ९० मत प्राप्त गरे ।

जम्मा एक लाख छ हजार सात सय तीन मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार नौ सय ९९ मत खसेको थियो । जम्मा खसेको मतमा तीन हजार दुई सय ६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया