देउवालाई भेट्न प्रधानमन्त्री ओली बूढानीलकण्ठमा

नेपालखोज २०७८ वैशाख २२ गते १७:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका पुगेका छन् । प्रधानमन्त्री ओली उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि बुढानीलकण्ठ आएको बताए ।भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको अवस्थामा प्रधानमन्त्रीले सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुग्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिक्रिया