शुक्रबार, चैत १६, २०८०

खुल्याे काठमाडौं महानगरपालिका भित्रको जग्गाको कित्ताकाट

नेपालखोज २०७९ मंसिर ८ गते १७:५४

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रको जग्गाको कित्ताकाट खुलेको छ । बुधबार साँझ भु उपयोग परिषद्ले महानगरपालिका भित्रको जग्गाको कित्ताकाट र अंशबण्डा खुलाउने निर्णय गरेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उनका अनुसार सम्भवत हिजोको निर्णयको चिठी आज महानगरभित्रका मालपोत कार्यालयमा पठाइनेछ र निर्णय लागु हुनेछ । भूउपयोग कार्यान्वयन समितिको सिफारिसका आधारमा परिषद्ले कित्ताकाट खुलाउने निर्णय गरेको हो ।

बुधबार महानगरका मेयर बालेन्द्र साहको अध्यक्षता भूउपयोग कार्यान्वयन समितिको बैठक बसेको थियो । हरेक वडालाई आफ्नो क्षेत्रभित्रको जग्गा जमिन के कस्तो खालको हो भनेर अध्ययन गर्न लगाइएको र सो अध्ययनले महानगरभित्र कृषियोग्य जमिन नरहेको पाइएपछि कित्ताकाट खुलाइएको महानगरले जनाएको छ ।

गत कात्तिकमा वडाध्यक्षको संयोजकत्वमा भूउपयोग कार्यान्वयन उपसमिति गठन गरेको थियो । सोही उपसमितिले कृषि र गैरकृषि भुमिको बर्गीकरण गर्ने जिम्मेवारी पाएको थियो । सो समितिले कित्ताकाट खुलाउन सक्ने गरी सिफारिस गरेको थियो ।

प्रतिक्रिया