मंगलबार, वैशाख ११, २०८१

अध्यक्ष ओली र दाहालबीच बधाई आदानप्रदान

नेपालखोज २०७९ मंसिर ८ गते २०:३९

काठमाडाैं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का अध्यक्षले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकाेमा बधाई दिएका हुन् ।

माओवादी अध्यक्ष दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । बधाई तथा शुभकामना दिन पुगेका माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीले टेलिफोन गरेर बधाई दिएको जानकारी दिएका थिए ।

अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार उनीहरुबीच एकअर्कालाई निर्वाचित भएकामा बधाई आदानप्रदान गरेका थिए । एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया