आइतबार, असार २२, २०८२

बाँके १ (२) बाट एमालेका चौधरी निर्वाचित

नेपालखोज २०७९ मंसिर ९ गते १४:१०

बाँके । बाँके निर्वाचन क्षेत्र नं १ प्रदेशसभा २ बाट नेकपा (एमाले)का दुर्गाप्रसाद चौधरी निर्वाचित भएका छन् । उनले ११ हजार तीन सय ७५ मत पाएर निर्वाचित भएका सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका फूलाराम थारुले १० हजार दुई सय ७५ मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीका भूमबहादुर भण्डारीले सात हजार नौ सय ६६ मत प्राप्त गर्दा जसपाका लालबहादुर शाहले तीन सय ६५ मत पाएका छन् । कूल खसेको २७ हजार नौ सय ७० मतमध्ये एक हजार तीन सय ११ मत बदर भएको थियो भने २६ हजार पाँच सय ५९ मत सदर भएको थियो ।

प्रतिक्रिया