बिहीबार, वैशाख १३, २०८१

तराई भू-भागमा हुस्सु/कुहिरो लाग्ने, चिसोबाट बच्न विभागकाे आग्रह

नेपालखोज २०७९ मंसिर १० गते ६:५१

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केहि स्थानमा हुस्सु लागेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका हिमाली भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यस्तै आज राति प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा र सुदूरपश्चिम प्रदेशका थोरै भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

त्यसैगरी तराई भू-भागमा हुस्सुरकुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न विभागले अनुरोध गरेकाे छ ।

प्रतिक्रिया