शुक्रबार, वैशाख ७, २०८१

नुवाकोट–१ मा माओवादी केन्द्रका तामाङ विजयी

नेपालखोज २०७९ मंसिर १० गते ७:५७

काठमाडाैं । नुवाकोटको निर्वाचन क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार हितबहादुर तामाङ विजयी भएका छन् । सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेद्वारका रुपमा रहेका तामाङ २६ हजार पाँच सय ४८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले २३ हजार चार सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । यही मङ्सिर ४ मा भएको निर्वाचनमा खसेको ६३ हजार तीन सय ७९ मतको आज बिहान सम्पन्न गणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका तामाङ तीन हजार एक सय १२ मतान्तरले विजयी भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका तामाङ यसअघि विसं २०७४ को निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार डा. प्रद्युम्न महतले छ हजार एक सय १३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका सुदर्शन सिटौलाले एक हजार छ सय ११ मत प्राप्त गरे ।

चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १७ उम्मेद्वार भए पनि अन्य उम्मेद्वारको मत एक हजारभन्दा कम रहेको निर्वाचन अधिकृत भुसालले जानकारी दिए ।

प्रतिक्रिया