बिहीबार, चैत १५, २०८०

चालिस वर्ष नकटेका नवनिर्वाचित सांसद

नेपालखोज २०७९ मंसिर १० गते ११:१७

काठमाडाैं । काठमाडौं-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी २७ वर्षीया उम्मेद्वार सोविता गौतम प्रत्यक्षतर्फ निर्वाचित हुने सांसदमा सबैभन्दा कम उमेरकी सांसद हुन् । गौतमभन्दा दुई वर्ष जेठा योगेश गौचन थकालीले मुस्ताङबाट प्रतिनिधिसभा सदस्य जितेका छन् । नवनिर्वाचित सांसदहरुमन जुम्लाका ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही पनि कम उमेरका नेता हुन् ।

राप्रपाका प्रवक्ता शाही ३० वर्षका छन् । ललितपुर–३ बाट निर्वाचित तोसिमा कार्की पनि कम उमेरकी सांसद हुन् । उनी ३३ वर्षकी भइन् । सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार अरुणकुमार चौधरी (३७), हरि ढकाल (३९), रञ्जिता श्रेष्ठ (३९), अमनलाल मोदी (३७), ज्वालाकुमारी साह (४०) तथा महेश बर्तौला (४०)

चालीस नकटेका नवनिर्वाचित सांसद हुन् । निर्वाचन आयोगको तथ्याङ्क अनुसार, बाँकी सांसदहरु ४० वर्ष माथिका छन् । यो चुनावमा प्रतिनिधिसभा तर्फको १ सय ६५ सदस्यका लागि २ हजार ४ सय १२ जना उम्मेद्वार थिए ।

त्यसमध्ये ७ सय ५९ जना ४० वर्ष मुनिका थिए । यो उमेर समूहमा धेरै जसो स्वतन्त्र उम्मेदवार थिए । दलहरुबाट ४ सय ३ उम्मेदवार हुँदा स्वतन्त्र उम्मेदवार ३ सय ५६ थिए । यद्यपि ती उम्मेद्वार मध्ये १० जना जतिले मात्र चुनाव जितेका छन् । यो संख्या २०७४ को तुलनामा कम हो ।

त्यतिबेला ४० वर्षमुनिका १४ जनाले प्रत्यक्ष तर्फको निर्वाचन जितेका थिए भने २२ जना समानुपातिकबाट आएका थिए । निर्वाचन आयोगको तथ्यांक अनुसार , २०७४ को तुलनामा यसपटक युवा उम्मेदवारी नै कम परेको थियो । यस अघि २०६४ को संविधानसभामा ३० वर्ष मुनिका ५२ जना सभासद थिए ।

प्रतिक्रिया