मंगलबार, चैत ६, २०८०

चिल्ला सडकले काठमाडौंको प्रतिनिधित्व गर्दैन कविजी !

नेपालखोज २०७९ मंसिर १० गते ११:३२

अग्ला घरहरूले काठमाडौंको परिचय दिँदैनन् कविजी
चिल्ला सडकहरूले काठमाडौंको प्रतिनिधित्व गर्दैनन् कविजी
काठमाडौंलाई काँधमा हालेर यहाँसम्म पु¥याउने
भुइँतल्ले फल्चाहरू हुन्
काठमाडौंलाई हेर्न योग्य बनाएको त
टेकोको भरमा उभिएका
पुराना भित्ताहरू हुन्
मरुको गल्ली
येँ गाःको बहाः,
असं भित्रको चोक
थँहीटीको हीटी
न्यतः नघः
थायमरुहरु हुन
दरबारमार्गबाट देखिन्न काठमाडौं
सिंहदरबारबाट त बुझ्नै सकिन्न काठमाडौं
काठमाडौं महसूस गर्न
सत्तालाई आफ्नो सम्पति र बैभव सुम्पेर
चिसो जगमा पुरिएका पुराना ईंटाहरु खोज्नुपर्छ
स्याहार नपाएर चिच्याइरहेका
चोकहरुको चिभाःलाई सोध्नुपर्छ

कुनै अग्लोठाउँबाट त
देखिन्छ उज्यालो
र बलिरहेको बत्तिहरू मात्र

काठमाडौं छाम्न त
अग्ला घरहरूको छाँयाले
कहिल्यै उज्यालो पस्न छोडेको
मासंगल्लीको छिडीमैं टेक्नुपर्छ
कविजी

कुनैदिन
कतै
खाजाघरको
सुकुलमा बसेर
खेंसगं लिएर एक सलिंचा अयलासंग
र एक प्लेट समय बजि वा छोयलासंग
काठमाडौं पिउन चपाउन आउनुु भएका
पर्यटक मित्रहरु
काठमाडौं बुझ्न
कमसेकम एक हजारवर्ष फर्केर हेर्नुपर्छ ।

प्रतिक्रिया