अब पनि गठबन्धनकै सरकार बन्ने खाणकाे दाबी

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाणले अब पनि गठबन्धनकै सरकार बन्ने दाबी गर्न थालेका छन् । उनले चुनावी परिणाम आइसकेपछि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी गरे पनि गठबन्धनले बहुमत नपाउँदा सरकार बन्नै सकस देखिएकाे अवस्थामा खाणले गठबन्धनकै सरकार बन्ने प्रतिक्रिया दिएका हुन् ।
भैरहवामा आज भएको गठबन्धनको बैठकमा गृहमन्त्री खाणले अब सरकार बनाउन पाँचदलीय गठबन्धनको बहुमत पुग्ने दाबी गरेका थिए । ‘अब गठबन्धनकै सरकार बन्छ। पाँचदलीय गठबन्धनकै बहुमत पुग्छ,’ उनले भने, ‘नागरिकका अवस्था सुधार गर्न सरकारले काम गर्नुपर्छ।’ अब बन्ने सरकार ५ वर्षसम्म टिक्ने पनि उनले बताए ।
उनले अब प्रधानमन्त्री को बन्ने भन्ने सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बैठकमा बसेर टुंगो लगाउने बताए ।
प्रतिक्रिया